माडीमा दुर्घटना, एक महिला घाइते

माडी : माडीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार एक जना घाइते भएकी छिन् । माडी नगरपालिका १ बरुवा बजारमा बनकट्टाबाट बरुवा तर्फ आउदै गरेको अन टेष्ट ट्याक्टरले सोहि दिशाबाट आउदै गरेको प्रदेश नम्वर ३–०२–०१३ को मोटर साइकललाई ठक्कर दिंएको थियो ।

ठक्करबाट मोटरसाइकल पछाडी बसेकी माडी–३, इनारबरुवाकी ३२ वर्षीय रिता महतो गम्भीर घाइते भएको माडी प्रहरीले जानकारी दिएको छ ।

उहाँका श्रीमानलाई समेत चोट लागेको छ ।

चौधरीलाई थप उपचारको लागी भरतपुर पठाईएको र ठक्कर दिने ट्याकटर, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।