फेरिएको मन(कविता)

तिमी गएकै दिन बाट
मेरो मुस्कान हराएको छ,
तिमी हराएकै पलबाट
मेरो खबर हराएको छ,
तिम्रो यात्रा बडेबाटै
मेरो यात्रा खुम्चिएको छ,
तिम्रा पाइला लम्बिएसँगै
मेरो खुट्टा छोटिएको छ,
तिम्रो फोक्सो फुलेसँगै
मेरो आयू घटेको छ।
कसैले नसुनाइदिंदा
शिकारीले जालमा पारेको खबर,
कसैले नभनिदिंदा
तिमीले उडेको आकाश,
कसैले नदेखाइदिंदा
तिमीले फेरेको चित्र,
कसैले नरोकिदिंदा
यात्रामा निक्लेका तिम्रा पैताला,
चारो लिन गएकि आमालाइ
कुरेका बचेरालेझै
कुरिरहेको छु तिमीलाइ सदियौबाट
घामपानी, धुलो, धुवाँ सहेरै
मेरा आखाँहरूले
हेरिरहेका छन तिम्रो बाटो,
तिम्रो चालमै चाल मिलाउन
रोकिइरहेका छन मेरा खुट्टा।
सोध्नु छ अब
आफूले आफैलाई
गएकै मान्छेको यादमा
किन मन बिलाप गरिरहन्छ रु
सम्बन्ध चुडाउनेको यादमा
किन आखाँ भिजिरहन्छ।
सगैँ हिडेका बाटाहरू हेर्न
किन दृश्य सङ्लिरहन्छ रु
बारबार बिलौना गरेको ओठले
किन उसकै ओठ कुरिरहन्छ रु
म भित्रको म
तैले अब यति बुझ्नुपर्छ
फोहोर जतिनै मिसाएपनि
नदीहरू हिडिरहन्छन् ,
चोट जतिनै दिएपनि
चट्टान अडिग रहिरहन्छन्,
नफल्नुरनसप्रनु छुट्टै कुरा होला
जस्तै ठाउँमा पनि बिउ उम्रिरहन्छन्,
धानकाबालाहरू झुलिरहन्छन्।
सन्तानले जतिनै दुस्ख देओस
उसका सफलतामा बाबुआमाका छाति फुलिरहन्छन् ।
ओ प्रेमिहरू आउ निकालौ
आफूलाइ प्रेमिल संसारबाट
र खुसी हउ अर्कै संसारमा
जसरी बिराइसकेपछिको
मूल बाटो भेटाउँदा खुसी हुन्छन बटुवाहरू,
जसरी एउटा सपना
भेटाउदा रमाउछ हारीसकेको मन ।।

अशोक गौतम, पर्वत