अभिनेत्री स्वेता मंसिर २२ मा फेरी विवाह गर्दै

काठमाडौं : अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदैछिन् । उनले मंसिर २२ गते धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।

श्वेताको विवाहको कार्ड सार्वजनिक भएसँगै उनको विवाह पक्का भएको पुष्टि भएको हो । दुलाहाको तर्फबाट बाँडिएको कार्ड सार्वजनिक भएको छ ।

विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने स्वेता निकट स्रोतले बताएको छ ।

चलचित्र ‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली चलचित्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् । श्रीकृष्णको उपचारकै क्रममा विवाहको ३२ दिनपछि साउन २५ मा निधन भएको थियो ।

चलचित्र निर्माणमा पनि हात हालेकी स्वेता व्यवसाय पनि गर्दै आएकी छिन् ।