चितवनमा ट्राफिक प्रहरीद्वारा पैदल यात्रु र सवारी चालकलाई सडकमै प्रशिक्षण

चितवन । चितवन ट्राफिक प्रहरीले पैदलयात्री र सवारी चालकहरुलाई सडकमै प्रशिक्षण दिएको छ ।

बढ्दो सडक दूर्घटनाको जोखिम न्युनिकरण र सुरक्षित रुपमा सडकको प्रयोग बारे सचेतना फैलाउन चितवन ट्राफिक प्रहरीले बुधबार सचेतना कार्यक्रम गरेको हो ।

त्यस क्रममा भरतपुर महानगरपालिका वडा नं १० हाकिम चोकमा २२० जना पैदलयात्री र ३३५ जना सवारी चालकहरुलाई सडकमा प्रशिक्षण दिइएको थियो ।

त्यस क्रममा ट्राफिक प्रहरीले सचेतनामुलक पर्चा समेत वितरण गरेको थियो ।

समुदाय–प्रहरी साझेदारी अन्तर्गत सचेतना कार्यक्रम सञ्चालन गरिएको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।

दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म सञ्चालन गरिएको सडक प्रशिक्षणमा ट्राफिक प्रहरीहरुलाई रोटरी र रोट्र्याक्ट क्लब अफ भरतपुरका स्वयंसेवकहरुले सघाएका थिए ।