जाडो छल्न १ सय ५० प्रजातिका चरा नेपाल आए

चितवन । जाडो छल्न यस पटक १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चरा नेपाल आएका छन् । जाडोमा चिसो छल्न र खाने कुराको खोजीका लागि हरेक वर्ष हिउँदे आगन्तुक चरा नेपाल आउने गरेको चराविदहरुको भनाई छ । नेपाल आएका चराहरु ६ महिनासम्म कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहित वन, सिमसार क्षेत्र र खेतबारीमा यी चरा रमाउने गरेका छन् ।

नेपालमा चीनबाट धेरै चरा आउने गरेको छ । यस्तै, पूर्वी युरोप, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउ लगायतका ठाउँबाट पनि चरा नेपाल आउदछन् ।