नारायणी क्लबको १० औँ बार्षिक उत्सव सम्पन्न

चितवन ः लाईन्स क्लब अफ नारायणी सेन्टरले मंगलवार एक बृहत कार्यक्रमको आयोजना गरी आफ्नो दशौँ चार्टरनाईट (बार्षिक उत्सब)मनाएको छ । चितवनमा सम्पन्न बार्षिकउत्सव कार्यक्रमका प्रमुख अतिथि तथा लाएन्स क्लव इन्टरनेशनल ३२५ वि. टु. नेपालका प्रथम भाईस गर्भनर राम प्रसाद भट्टले सम्पूर्ण क्लवका सदस्यहरू लाई इन्टरनेशनल पिन तथा प्रमाणपत्र वितरण गर्नुका साथै सामाजिक सेवामा सदैव अग्रपंक्ति रहदै आएको नारायणी सेन्ट्रल लाई थप शसक्त भई निरन्तरता दिन सुझाब दिनुभयो । संस्थालाई समाजप्रतिको उत्तर दायित्व पुरा गर्न मन ,वचन र कर्मले सेवा गर्न उत्प्रेरणा दिदै उहाँले सवै सदस्य हरुलाई शुभकामना व्यक्त गर्नु भयो ।कार्यक्रममा लाएन्स क्लव इन्टरनेशनल ३२५ वि. टु. नेपालका पूर्व गर्भनर राजकुमार श्रेष्ठले निःस्वार्थ सामाजिक सेवामा क्लवले १० वर्ष देखि योगदान दिदै आएको भन्दै क्लवको प्रशंशा गर्नु भयो ।
कार्यक्रममा जि.एस. टि कोर्डिनेटर दिनानाथ न्यौपाने, वान एरिया वान प्रोजेक्टका डिस्ट्रिक कोडिनेटर नारायण प्रसाद शर्मा, डिस्ट्रिक स्ट्याट्रेजि चिफ खोमकान्त रेग्मी, रिजोन चियरप्रसन विष्णु प्रसाद अधिकारी, जोन चियरप्रसन दुर्गालक्ष्मी श्रेष्ठ, तथा क्लवका चार्टर प्रिसिडेन्ट डांसिराम ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विविध सास्कृतिक नृत्य तथा झाँकी समेत प्रस्तुत गरिएको थियो ।
क्लबका वर्तमान अध्यक्ष कृष्ण लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन पूर्व अध्यक्ष सुजन थापा क्षेत्रीले गर्नुभएको थियो भने लाएन्स क्लव अफ नारायणी सेन्ट्रलका प्रथम उपाध्यक्ष रमेश शर्माले कार्यक्रम संचालन गर्नु भएको थियो ।