इच्छाकामनाको विकट गाउँ थाप्राङमा एक घर एक धारा बनाउने अभियान सुरु, गापा अध्यक्ष गुरुङ र उपाध्यक्ष श्रेष्ठद्वारा शिलान्यास

हातिवाङ : चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. १ मा रहेको विकट गाउँ थाप्राङका हरेक घरमा धारा बन्ने भएको छ। मुहान देखि मुख सम्म एक घर एक धारा निर्माण गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार थाप्राङका हरेक घरमा धारा बन्न लागेको हो। FB_IMG_1606920439931.jpgधारा निर्माण कार्यको बुधबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृति कुमार श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गर्नुभयो। धारा निर्माण कार्यको शिलान्यास गर्दै स्वच्छ पिउने पानी पाउनु नागरिकको अधिकार रहेकाले खानेपानीको चरम अभाव रहेको इच्छाकामनाको विकट गाउँ थाप्राङका हरेक घरमा धारा निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनु भयो। “थाप्राङको ७२ घरधुरीको हरेक घरमा धाराको व्यवस्था हुनेछ” -उहाले भन्नुभयो। FB_IMG_1606920415245.jpg यसका लागि गाउँपालिका र RRN सस्था WHH को संयुक्त लागत सहभागिता करिब ३१ लाख रुपैयाँको व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो। बुधबार शिलान्यास गरिएको धारा आगामी ४५ दिनमा निर्माण सप्पन्न गरि हस्तान्तरण हुने वडा नं. १ वडाध्यक्ष नन्दलाल गिरिले जानकारी दिनुभयो।