हल्ट प्राइज पोखरा युनिभर्सिटी चितवनमा “अन क्याम्पस” फाइनल कार्यक्रम भव्य रुपमा सम्पन्न

चितवन :  विद्यार्थीहरुको नोबेल पुरस्कारका रुपमा चिनिने हल्ट प्राइज अन क्याम्पस कार्यक्रम मङ्सिर १५ गते सोमबारका दिन सम्पन्न भएको छ।

हल्ट प्राइज एक अन्तर्राष्ट्रिय सामाजिक उद्धमशीलता चुनौती हो जसले विद्यार्थीहरुलाई विभिन्न सामाजिक विषयवस्तुमा आधारित रहेर उनीहरुलाई सहभागी गराउँदै आइरहेको छ। विद्यार्थीहरुका लागि नोबेल पुरस्कार पनि भनेर चिनिने “हल्ट प्राइज” पोखरा विश्वविद्यालय लयागत अन्य विश्वविद्यालयमा “अन क्याम्पस” कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

विद्यार्थीहरुका लागि नोबेल पुरस्कारका रुपमा सुपरिचित रहेको हल्ट प्राइज एक वार्षिक प्रतियोगिता हो जसमा खाद्य सुरक्षा, पानी पहुँच, शक्ति, शिक्षा जस्ता सामाजिक विषयवस्तुलाई उठान गरिन्छ। यही सामाजिक समस्याहरुलाई विद्यार्थीहरुको सामु संयुक्त राष्ट्रिय संघले चुनौती सरह पेस गर्दै आइरहेको छ।

२००९ मा अहमद अस्करले हल्टबाट प्रेरित भएर हल्ट प्राइजको स्थापना गरेका हुन्। एघारौं बर्षमा आइपुग्दा हल्ट प्राइज संयुक्त राष्ट्रसंग साझेदारी गर्दै विश्वकै एक प्रतिष्ठित विद्यार्थी प्रतिष्पर्धाको रुपमा रहन सफल भएको छ।

यस कार्यक्रममा सञ्चालकको भूमिका आयोजक समिति सदस्य सोनिया पुडासैनील र डेप्युटी क्याम्पस निर्देशक निरज कडेंललेगर्नुभएको थियो भने स्वागत मन्तव्य  पनि डेप्युटी क्याम्पस निर्देशक निरज कडेंलले नै गर्नुभएको थियो।

उक्त कार्यक्रममा निर्णायक मण्डलका रुपमा हामी सङ्ग “पहल ग्रुप अफ कम्पनी” का उद्यमी अशोक पौडेल, “फिसटेल अल्ट्रा फ्लाइटस्” का करपोरेट जेनेरल मेनेजर रिजन रिजाल, “कल्याण ब्रिडिङ् एन्ड रिसर्च फार्म प्रा. लि” का संस्थापक डा. होम बहादुर बस्नेत र “अङ्कुरम एकाडेमी” का प्राचार्य सुमन पौडेल रहनुभएको थियो भने हाम्रो विशेष अतिथिको रुपमा सुसन डङ्गोल रहनुभएको थियो।

हल्ट प्राइज पोखरा युनिभर्सिटी, चितवनको “अन क्याम्पस” कार्यक्रमका शीर्षक प्रायोजकको रूपमा अंकुरम एकेडेमी रहेको थियो। त्यसैगरी फुड पार्टनरका रुपमा चुल्हो रेष्टुरेन्ट , टेक्निकल पार्टनरका रुपमा युनाइटेड टेक्निकल कलेज, इन्कुवेशन पार्टनरका रुपमा बि.आई.सी स्टार्टअप, मिडिया पार्टनरका रुपमा सौराहा अनलाइन र एजुकेशन पार्टनरका रुपमा द ग्रुमिङ क्याम्पस रहेको थियो।

“फुड फर गुड” मा केन्द्रित रहेर १० समूह द युनाइटेड, टिम ड्रिर्मस, प्रिस्टाइन, द वे, केक सप्लायर्स, एग्रो एभरेस्ट, बि रेडी ग्रुप, हाम्रो लेनदेन, द ट्राइब, टिम एमएमपीले आफ्नो प्रस्तुति दिनुभएको थियो । सम्पूर्ण  सहभागी टिमको प्रस्तुतिलाई मूल्यांकन गरी निर्णायकहरुले “प्रिस्टाइन” टिमलाई उत्कृष्ट विजेता घोषणा गरिएको डेप्युटी क्याम्पस निर्देशक निरज कँडेलले जानकारी दिनुभयो ।

यसका साथै प्रिस्टाइन टिम हल्ट प्राइजको अर्को चरण रिजनलमा प्रवेश गर्ने तय भएको छ । अन्त्यमा विजेता, सहभागी तथा निर्णायक सम्पूर्णलाई धन्यवाद दिँदै हल्ट प्राइज पोखरा युनिर्भरसिटि चितवनका क्याम्पस निर्देशक दिपेश गौतमले कार्यक्रमको समापन गर्नुभएको थियो।