एक दिनमा ९ संक्रमितको मृत्यु, १४९० संक्रमित थपिए

काठमाडौं : कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ९ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५३८ पुगेको छ ।

२४ घण्टाको अवधीमा १ हजार ४९० कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ५६७ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख १८ हजार १६१ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ पुगेको छ । १६ हजार ५४७ आइसोलेसनमा बसेका छन् भने ६०५ जना क्वारिन्टिनमा छन् ।