ओलीलाई बैठकमा आउन अनुरोध गर्दै नेकपा बैठक २१ गते बस्ने

काठमाडौं : नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित भएको छ।

बुधवार दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजे सारिएको थियो। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा सहभागी भएनन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा केहीबेर बसेको बैठकले ओलीलाई बैठकमा आउन अनुरोध गर्दै सचिवालय बैठक २० गतेसम्म स्थगित गरेको हो ।
ओलीको अनुपस्थितिमा छलफल गर्नु उपयुक्त नहुने भएकाले अर्को बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

१८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक २१ गतेका लागि सारिएको उनले जानकारी दिए।