एक दिनमा २१ संक्रमितको मृत्यु, १३०४ संक्रमित थपिए

काठमाडौं : कोरोनाका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा २१ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ ।
२४ घण्टाको अवधीमा १ हजार ३०४ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा २ हजार ७३ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख १६ हजार ५९४ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल सक्रिय संक्रमितको संख्या १५ हजार ३२९ पुगेको छ । १६ हजार ६३३ आइसोलेसनमा बसेका छन् भने ६१६ जना क्वारिन्टिनमा छन् ।