कुमारी बैंकद्धारा मृतक धामीको परिवारलाई आर्थिक सहयोग (भिडियो)

रत्ननगर : हात्तीको आक्रमणबाट ज्यान गुमाएका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत माहुते हंसराज कुमर धामीको परिवारलाई राहत प्रदान गरिएको छ । कुमारी बैंक सौराहा शाखाले धामीको परिवारलाई जीविकोपार्जनमा सहयोग होस भनेर रु १० हजार रुपैया सहयोग गरेको हो ।
कोषका प्रमुख बाबुराम लामिछाने र कुमारी बैंक सौराहा शाखाका प्रमुख धनपती लामिछानेले मृतककी श्रीमती लीला कुमर धामीलाई १० हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।

सो अबसमा बैंकका शाखा प्रमुख लामिछानेले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक अबस्था कमजोर रहेका धामीको परिवारलाई आर्थिक सहयोग गरेको बताए ।
कोषका प्रमुख लामिछानेले प्रकृति संरक्षण,निकुञ्ज र कोषका कर्मचारीहरुबाट समेत आर्थिक संकलन गरी धामीको परिवारलाई आर्थिक सहयोग गरिने बताए । धामीको गत कार्तिक २२ गते हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।