कहाँ छिन्, प्रेम नपाएपछि बलात्कार आरोप लगाउने कृष्णदास सिद्धबाबाकी रामदासी ?

काठमाडौं : जगतगुरुको उपमा पाइसकेका कृष्णदास गिरी उर्फ सिद्धबाबालाई सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको छ अनुयायीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई ८ माघ २०७६ मा धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्च अदालतको आदेश सदर गरेपछि सिद्धबाबा थुनामुक्त नहुने भएका छन्।
के थियो प्रकरण ?
धर्मगुरु कृष्णदास गिरीलाई रामदासी भन्ने महिलाले बलात्कारको आरोप लगाएकी थिइन्। पीडित भनिएकी महिलाले ४ कात्तिक ०७६मा धर्मगुरु कृष्णदासले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको थियो।
यो प्रकरणले त्यसै विश्राम लिएन। सिद्धबाबाले सलिना रामदासीले गरेका म्यासेजका अनेक शिलशिला जारी गरिदिए।
बलात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरुले सलिना रामदासी नामकी महिलाले फेसबुकमा पठाएको म्यासेजहरु सार्वजनिक गरेका थिए। जसमा कृष्णदासलाई भेट्ने, चुम्बन गर्ने र अंकमाल गर्ने इच्छा व्यक्त गरिएको थियो । यस्ता म्यासेजहरुमा उनले धेरै पटक ‘एकान्तमा भेट्ने’इच्छा व्यक्त गरेकी थिइन् ।
उनले पठाएका अधिकांश सन्देशको जवाफ दिइएको छैन । तर एकाध पटक कृष्णदासले ‘हलो’ भन्ने, आफ्नो विषयमा आएका समाचारको लिंक पठाउने र केही इमोजीहरु रियाक्ट गर्ने गरेको पाइएको छ ।
कृष्णदासको प्रेममा पागल भएको बताएकी महिलाले ४ अक्टोबर २०१९ मा पठाएको म्यासेजमा ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुने चेतावनी दिएकी थिइन्। ‘अरुसँग बोलाएरै भेटिन्छ, मैले यती बिन्ती गर्दा नि यति वेवास्ता’ उनले लेखेकी छन् ‘अब समय सकियो, जम्मा ४४ दिन छ, कसरी पूर्ण बनाउने हजुरको हातमा छ ।’
उनी त्यतीमा रोकिएकी छैनन् । ‘बुढाले छुँदा पीडा हुन्छ, उहाँ (श्रीमान) पनि पराई भैसक्नुभो । म जती पराई कोही छैन ८८८८ मलाई, म घृणाको लायक छु, अझै घृणा गरिस्यो, यति घृणा गर्नुहोस् की मेरो छाती छियाछिया होस् ।’
कास्की घर भएकी महिला काठमाडौंमा बस्ने बताइएको थियो। त्यसको केही समयपछि ति महिलासँग सिद्धबाबाले रुँदै माफी मागेको अडियो टेप पनि बाहिर आएको थियो।