रत्ननगरका मेलमिलापकर्तालाई कानुनी साक्षरता सम्बन्धी प्रशिक्षण

रत्ननगर : रत्ननगर नगरपालिकाका मेलमिलापकर्ताहरुलाई कानुनी साक्षरता तथा जग्गा नापी सम्बन्धी प्रशिक्षण दिइएको छ । रत्ननगर नगरपालिकाको सहयोगमा रत्ननगर मेलमिलाप केन्द्रले आयोजना गरेको सो कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरुलाई विवाद सामाधानका कानुनी प्रक्रिया,दण्ड सजायको लागि कानुनी प्राबधान तथा जग्गा साँध सिमानमा देखिएका विवाद निरुपरणको लागि कानुनले गरेको निर्देशन र सहमतीको प्रक्रियाका बारेमा प्रशिक्षण दिइएको थियो । मेलमिलाप कर्तालाई कानुनको बारेमा प्रयाप्त ज्ञान दिलाउन र जग्गा विवादको विषयमा कानुनमा भएका विषयहरुको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रकी सचिव रिता थापाले जानकारी दिइन ।

कार्यक्रममा नापी कार्यालय भरतपुरका आशिष गिरी,कानुनी सहजकर्ता प्रियङ्का थापा र चितवन बारका अध्यक्ष रामकृष्ण अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा केन्द्रका उपाध्यक्ष हरिबहादुर खड्का,कोषाध्यक्ष रामचन्द्र दुवाडी,सहसचिव विजय खनाल लगायत अन्य पदाधिकारी तथा सदस्यहरु,वडा स्तरीय मेलमिलाप समितिका सयोजकहरु,न्यायिक समितिका पदाधिकारी,सामुदायिक प्रहरीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । केन्द्रकी अध्यक्ष लक्ष्मीकुमारी चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं ८ का वडाध्यक्ष विनोद बस्नेतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।