२४ घण्टामा २५ कोरोना संक्रमितको मृत्यु, १,२५५ संक्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एकहजार ४ सय ७९ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २ सय ५५ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितको संख्या अब २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कूल १७ लाख २७ हजार ८ सय ३६ पीसीआर परीक्षण गरिएको छ ।