कालिका नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माणको लागि कार्यशाला

चितवन : कालिका नगरपालिकाको अगुवाईमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धि योजना निर्माणको लागि एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कालिका नगरपालिकाका नगर प्रमुख खुम नारायण श्रेष्ठको अध्यक्षता र उप प्रमुख कमला भट्टराईको आतिथ्यतामा गोष्ठि संचालन गरिएको थियो । गोष्ठिमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा कालिका नगरपालिकाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । गोष्ठिमा अन्तराष्ट्रि«य गैह्र सरकारी संस्था वेल्टहँगरहिल्फेका कार्यक्रम संयोजक आनन्द गौतमले खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाको महत्वको वारेमा प्रकाशपार्नु भएको थियो । उत्त गोष्ठिमा नेपाल पुर्ननिर्माण संस्थाका व्यवस्थापक निराजन पोखरेलले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माणमा नेपाल सरकार खानेपानी मन्त्रलायको निर्देशीका र स्थानीय सरकारको नेतृत्वमा योजना निर्माण गर्नुको औचीत्यको वारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमा सहभागीहरुलाई तिन भागमा विभाजन गरि कालिका नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छतामा दुरदृष्टि, ध्यये र उद्देश्यहरुको वारेमा छलफल गरिएको थियो । वास योजनाको लागि तथ्याङ्ग संकलन गर्ने चरणहरु र तथ्याङ्गसंकलन गर्दा कसरी सहभागिता मूलक रुपमा गर्न सकिन्छ भनेर सिडिएस संस्थाका प्रतिनिधिले जानकारी गराउनु भएको थियो । कालिका नगरपालिकाका प्रमुख खुम नारायण श्रेष्ठले सहि तथ्याङ्गले उचीत योजना वनाउन सहयोग गर्ने र वास योजना निर्माणको नेतृत्व नगरपालिकाले गर्न पाउदा खुशी लागेको जानकारी गराउनु भएको थियो ।
उक्त गोष्ठिमा आगामि दिनमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धि योजनाका गतिविधिलाई चुस्त र दुरुस्त रुपमा संचालन गर्नको लागि वडा नं ३ का वडा अध्यक्ष टिका रिजालको संयोजकत्वमा ११ सदस्य टाक्स फोर्सको गठन गरिएको छ ।