चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउँदै

काठमाडौं : जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आइतबार काठमाडौं आउने भएका छन्।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेका छ। यस्तै, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । उनी आइतबार साँझ नै फर्किने छन्।