काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवालविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
विद्युत प्राधिकरण हेटौंडाका प्रमुख विरुद्ध भ्रष्टाचार मुद्दा
सौराहा अनलाइन | २०७७, १२ मंसिर शुक्रबार

सम्बन्धित शीर्षकहरु

नेकपा परित्याग गरि ३८ जना कांग्रेसमा प्रवेश २०७७, ८ माघ बिहीबार

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन बुटवलमा हुने २०७७, ८ माघ बिहीबार

‘ओली पार्टीका लागि घाँडो भए, साधारण सदस्यबाटै हटाउँछौँ’ २०७७, ८ माघ बिहीबार

ओलीको महाराजा बन्ने सपना पुरा हुन दिन्नौंः नेता शर्मा २०७७, ८ माघ बिहीबार

संसद विघटन प्रकरण : प्रधानन्यायाधीशले मागे राजपत्रमा प्रकाशित सूचना २०७७, ८ माघ बिहीबार

रत्ननगर ६ मा कांग्रेसले गर्यो संसद विधटन विरुद्ध विरोध २०७७, ८ माघ बिहीबार
मूल खबर
सबैपूर्वराजाले जस्तै राष्ट्रपतिले ‘जनताको नासो जनतालाई फिर्ता’ गर्नुपर्छ : अर्याल

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी.....