चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–१७ का ५१ वर्षीय पुरूषको बिहीबार राति ८ः२७ बजे मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार राति उपचारका लागि ल्याइए पनि मेडिकल कलेज आइपुग्नु पूर्व नै उनको मृत्यु भइसकेको पाइएको मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालले बताए ।  डा. लम्सालका अनुसार उनीमा मंसिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।