चितवनको पर्यटन विकास गर्न दिगो रोजगारी तालिम परियोजना सुरु (भिडियो)

चितवन : चितवनमा पहिलो पटक सार्वजनिक निजि सहयकार्य मोडलमा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानको गृहकार्य थालिएको छ ।
रोजगारउन्मुख सीपमूलक तालिम परियोजना सुरु गर्दै चितवनको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियान स्थानिय सरकार, होटल, रेष्टुरेन्ट, होमस्टे सञ्चालक र व्यवसायीहरुको समन्वय र सहकार्यमा गहृकार्य सुरु गरिएको हो ।   
मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सुरु गर्ने रोजगारउन्मुख सीपमूलक तालिम परियोजना ब्रिलियन्ट मेनपावर टे«निङ्ग सेन्टरको आयोजनामा गर्न लागिएको हो ।
सेन्टरले यसअघि पर्यटकीय क्षेत्र कास्की, लम्मजुङ्ग जिल्लामा परियोजना सुरु गरिसकेको छ ।
सार्वजनिक निजि सहयकार्य मोडलमा दिगो रोजगारिका लागि पर्यटन क्षेत्रमा तालिम परियोजना सुरु भएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले जानकारी दिनुभयो ।
उहाँले कारोना महामारीका कारण सौराहाको पर्यटनमा भएका केहि दक्ष जनशक्ति समेत पलायन भएको अवस्थामा परियोजना सुरु सौराहाका लागि सुखद् भएको बताउनुभयो । उहाँले सौराहामा १ सय १० बढी होटल र ६० बढी रेष्टुरेन्ट रहेकोमा मुश्कीलले २० प्रतिशतमा मात्रै दक्ष जनशक्ति रहेको बताउनुभयो ।
यहाँ आज एक औपचारिक कार्यक्रम गर्दै रत्ननगर नगरपालिका, क्षेत्रिय होटल संघ सौराहा, रेवान सौराहा, अन्य पर्यटन सम्बद्धसंघसस्था र व्यवसायीहरुसगँ अन्र्तक्रियासहित छलफल र कस्तो तालिम दिने बारेमा सुझाव संकलन गर्दै तालिम परियोजना सुरु गरिएको घोषण गरिएको थियो ।
कार्यक्रमको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उद्धघाटन गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख वनले वेरोजगारहरुलाई मेयरसँग उद्यमशीलता कार्यक्रम सार्वजनिक भएको अवस्थामा रोजगारउन्मुख सीप तालिम उपयोगी हुने बताउनुभयो । उहाँले जनशक्ति अभावका कारण चितवनको पर्यटनले गुणस्तरीय सेवा दिन नसकेको भन्दै दक्ष जनशक्तिले मात्र पर्यटन सेवाको गुणस्तर बढाउने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्र ठुलो सम्भावनाको क्षेत्र हो, ब्रिलियन्ट मेनपावर टे«निङ्ग सेन्टर टिम लिडर करुणनिधि ज्ञवालीले भन्नभयो, यहाँ दक्ष जनशक्ति नहुदाँ सोचे जति प्रतिफल पाउन सकिएको छैन्, अब हामीले वेरोजगारलाई रोजगार समेत हुने गरि आवश्यकता अनुसार गुणस्तरीय तालिम दिनेछौँ ।
सेन्टरले युरोपियन युनियनको आर्थिक लगानी, ब्रिटिस काउन्सीलको व्यवस्थापन तथा दक्षता परियोजनाको सहयोगमा तालिम परियोजना अन्र्तगत होटल तथा पर्यटन सम्बन्धी कुक, वेटर, हाउसकिपिङ्ग र फ्रन्ट अफिस जस्ता विषयहरुमा अप्रेण्टिसिप मोडलमा निःशुल्क सीपमुलक तालिम दिने कार्यक्रम संयोजक प्र्रेमकुमार तामाङ्गले जानकारी दिनुभयो ।
सीप विनाको काम अब उपयोगी छैन्, सीप विकास लागि सार्वजनिक निजी, सहकार्य आवश्यक छ, सेन्टरका परामर्श दाता समेत रहेका काठमाडौँ विश्वविद्यालयका भिजिटिङ्ग प्रोफेसर डा.कुस्माकर भट्टले भन्नुभयो तालिमसगैँ सिटिभिटिसँगको सहकार्य तालिममा सहभागीलाई सीप प्रमाणीकरण समेत गर्नेछौँ ।
जसले गर्दा भविष्यमा उनीहरुले जहाँ पनि रोजगार पाउन सहज हुने वा आफै उद्यमी बन्न सक्ने प्रोफेसर भट्टले बताउनुभयो ।
सौराहामा पर्यटन विकास त देखिएको छ, तर दक्ष जनशक्ति नुहदाँ धेरै समस्या थियो, क्षेत्रिय होटल संघका महासचिव गुणराज थपलियाले भन्नुभयो, अब सबैको सहकार्य दिने तालिमले यहाँको वेरोजगारिलाई रोजगारसहित उद्यम विकासमा ठुलो सहयोग पुराउनेछ ।
यस्तै रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले ६ महिने तालिमबाट उत्पादित जनशक्ति सौराहामै रोजगारी दिने बताउनुभयो ।
यस्तै रत्ननगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष लालबहादुर भट्टले तालिम लिएपछि प्रमाणपत्र सिरानी राखेर सुत्ने प्रवृत्तिका कारण दक्ष जनशक्ति उत्पादनको क्षेत्रमा भएको लगानी खेर गएको बताउनुभयो । उहाँले यो तालिममा आउने व्यक्ति दक्ष जनशत्तिल भएर उत्पादन हुने खालको प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।
सेन्टरले उद्योग र तालिम केन्द्रमा गरि ६ महिनासम्म दिने निःशुल्क तालिममा १६ देखि ४० बर्ष उमेर समुहका वेरोजगार मानिसहरुलाई सीपसहितको तालिमबाट अब्बल बनाउनेछ । पहिलो र दोश्रो चरणमा गरि यहाँ ८० जनालाई तालिम दिईने परियोजनाले जनाएको छ । परियोजना समन्वय समितिकी सदस्य पार्वती पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।