गृह मन्त्रालयले बर्दिबास हत्या काण्ड छानविन गर्ने

काठमाडाैं :गृह मन्त्रालयले महोत्तरीको बर्दिबासमा गत सोमबार भएको बालिका हत्या र त्यसपछि उत्पन्न परिस्थितिबारे सत्यतथ्य छानविन गर्न समिति गठन गरेको छ।
बर्दिवास नगरपालिका वडा नम्बर १४ की ६ वर्षिया बालिका गुलाबसा खातुनको शव बोरामा फेला परेको थियो।

बलात्कारपछि बालिकाको हत्या गरिएको भन्दै आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन गर्दा प्रहरीको गोलीले बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो।
उक्त घटनाबारे छानविन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।

घटनाका अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको पनि उनले बता

न्यौपानेको परिवारलाई उचित राहत उपलब्ध गराउन र प्रदर्शनमा घाइते भएकाहरूको सरकारले उपचार खर्च व्यहोर्ने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

बालिका हत्या गर्नेलाई कानुनअनुसार कारवाही गरिने गृहले जनाएको छ।