कोभिड अस्पतालमा आगलागी, ६ संक्रमितको जलेर मृत्यु

एजेन्सी : भारतको गुजरातस्थित राजकोट जिल्लाको एक कोभिड अस्पतालमा गएराति आगलागी भएको छ । बंगला चौराह नजिक रहेको उदय शिवानन्द कोभिड अस्पतालमा भएको आगलागीमा ६ जनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुने सबै आईसियूमा उपचाररत कोरोना संक्रमित थिए । आइसियूमा कुल ११ जना कोरोना संक्रमित विरामीको उपचार चलिरहेको थियो । भारतीय सञ्चार माध्यमले जनाए अनुसार अस्पतालमा कुल ३३ जना विरामीहरु भर्ना भएका थिए । सबै विरामीहरुलाई अर्को अस्पतालमा सारिएको छ । अस्पतालको आइ्सियू कक्षबाट आगो शुरु भएको थियो ।