जुवातास नियन्त्रणमा प्रहरी निरीक्षक काफ्ले आक्रमक बन्दै : ३ लाख बढी नगदसहित १५ जुवाडे पक्राउ

हेटौँडा : मकवानपुरको हेटौँडा ४ पारिजात पथमा तास तथा कौडा खेलिरहेका १५ जना पक्राउ परेका छन् । पारिजात पथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलाईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौँडाका प्रहरी निरीक्षक देवराज काफ्ललेको कमाण्डमा खटिएको टोलीले नगद रु ( ३,३२,८९२ ) तिन लाख बत्तिस हजार आठ सय बयानब्बेसहित उनीहरुलाई पक्राउ गरेको कमवापुर प्रहरीले जनाएको छ ।
जुवा तास नियन्त्रणका लागि आक्रमक रुपमा उत्रिएका काफ्लको टोलीले उनीहरुबाट ,१२ बुक तास र ३१ वटा कौडा समेत वरामद गरेका छ । भने घरधनी फरार रहेका छन् । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१) जि.मकवानपुर हेटौडा उ.म.न.पा.४ वस्ने बर्ष ३५ को सुवाश बर्तौला २) ऐ.गढी गा.पा.७ बस्ने बर्ष ४२ को प्रतिमान रुम्बा ३) ऐ.ऐ. बस्ने बर्ष ३८ को सुरज कुमार स्याङतान ४) ऐ. हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष ४० को लाल बहादुर सुनुवार ५) ऐ.ईन्द्रसरोबर गा.पा. बस्ने बर्ष ३५ को लाल ब.बलामी ६) जि.काभ्रे तेमाल गा.पा.७ बस्ने बर्ष ३२ को राजु तामाङ ७) जि.मकवानपुर गढी गा.पा.७ बस्ने बर्ष २९ को सरोज घलान ८) ऐ. हेटौडा उ.म.न.पा.२ बस्ने बर्ष ३२ को सन्तोष बिश्वकर्मा ९) ऐ.मनहरी गा.पा.४ बस्ने बर्ष ४६ को कुमार लामा १०)ऐ.गढी गा.पा.७ बस्ने बर्ष ३४ को गौतम लो ११)जि.बारा जितपुरसिमरा उ.म.न.पा.६ बस्ने बर्ष ५० को कृष्ण लामा १२)जि.मकवानपुर हेटौडा उ.म.न.पा.१ बस्ने बर्ष ४२ को दिपक गिरी १३)ऐ.हेटौडा उ.म.न.पा. २ बस्ने बर्ष ५४ को रामेश्वर दास १४)ऐ.ऐ. बस्ने ब र्ष ४३ को श्यामसुन्दर वर्मा 15. Kumar bk …