पर्यटक तान्न ईच्छाकामनाको लामो झरनामा नयाँ पूर्वाधार, मन्त्री नेपालद्धारा उद्धघाटन

चितवन : चितवनको इच्छाकामना गाउपालिकाको लामो झरनामा निर्माण गरिएको नयाँ पूर्वाधारको उद्घाटन गरिएको छ । संघ र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको पूर्वाधारको वागमती प्रदेशका पर्यटन मन्त्री अरुण नेपालले उद्घाटन गर्नु भयो ।

कार्यक्रममा उहाले नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको लामो झरनाले नयाँ आयाम ल्याउने बताउनु भयो । राजमा वोटिङ, झरनामा स्नान गर्न पाउने, पहाडी क्षेत्रको ट्रेकिङलगायतको गतिविधि पर्यटकका लागि महत्वपूर्ण हुने बताउनु भयो । लामो झरना आउने पर्यटकको लागि अहिले निर्माण भएको भौतिक संरचनाले धेरै सहयोग मिल्ने बताउनु भयो ।
लामो झरना प्रवेशद्वार र अन्य निर्माणको लागि प्रदेश सरकारको ५० लाख, संघ सरकारको २० लाख बजेट लगानी भएको चितवन निर्वाचन क्षेत्र २ का सांसद समेत रहनु भएका पोखरेलले जानकारी दिनु भयो ।मार्गबाट नजिकै रहेकाले यसले धेरै चर्चा पाउने र सवैलाई आउन पायक पर्ने जानकारी दिनु भयो । प्रदेश सकारले पर्यटकीय गन्तव्यका रुपमा रहेका स्थानलाई प्राथमिकता दिदै आएको बताउनु भयो । चितवन जिल्ला पर्यटकको लागि नयाँ नभएपनि झरना ताल, नदी, वन्य जन्तु, आदिवासी सवैका हिसाबले महत्वपूर्ण भएको बताउनु भयो ।
मुग्लिन नारायणगढ सडक खण्डको जलवीरेबाट नजिकै रहेको लामो झरना जाने बाटोमा निर्माण गरिएको आकर्षक प्रवेशद्वार, टावर स्नान स्थलमा निर्माण गरिएका पोखरीलगायत अन्य भौतिक संरचनाको उद्घाटन गरिएको हो ।
कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले चितवन जिल्ला पर्यटकीय हिसावले धेरै महत्व बोकेको स्थान भएको बताउनु भयो । यहाँ निकुञ्जको जनावर, जलविहार, त्रिशुली नदी
यस्तै गरी जलवीरेदेखि ढुङग्रेसम्म जाने बाटो निर्माणको लागि ४ करोड लगानी भएको छ । सो बाटोको अनुगमन समेत गरिएको छ । यस बाटोको लागि संघ सरकारबाट ३ करोड र प्रदेश सरकारबाट १ करोड बजेट विनियोजन गरिएको छ । यो सडक निर्माणको क्रममा रहेको छ । बाटो निर्माण नहुदा स्थानीयहरु पैदल आउनु पर्ने बाध्यता रहेको थियो । ग्रावेल रहेको यो सडक वर्षाको समयमा बन्द हुने गरेको थियो । अहिले पक्की निर्माण गरिएकाले वर्षामा समेत सवारी साधान चल्न सक्नेछ । कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल अविनास, स्थानीय नेता तथा जनप्रतिनिधिले पर्यटनको महत्वका बारेमा मन्तव्य राख्नु भएको थियो ।