अक्स्फोर्ड कलेजलाई एकपछि अर्को अन्र्तराष्ट्रिय अवार्ड, फेरि द विज अर्वाडबाट सम्मानित (भिडियो)

चितवन : चितवन र नवलपरासीको अग्रणी शैक्षिक संस्था अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले एकपछि अर्को अन्तर्राष्ट्रिय अर्वाड पाउन सफल भएका छन् । यसअघि क्वालिटी अवार्ड पाएको यो पटक पनि फेरि अन्र्तराष्ट्रिय द विज अर्वाडबाट सम्मानित भएको छ । कलेजले यसअघि ६ वटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको थियो ।

विभिन्न ७ वटा विधामा कलेजका प्रध्यापकहरुले यो सम्मान प्राप्त गरेका छन् । कलेजका प्रिन्सिपल ईन्जिनियर हरिप्रसाद भण्डारीलाई वल्र्ड बिजनेश लिडर, एक्सीलेन्सी ईन बिजनेश लिडसीप र वल्र्ड लिडर बिजनेशपर्सन,  भिमप्रसाद भण्डारीलाई एक्सीलेन्सी ईन मार्कोटीगं म्यानेजमेन्टबाट सम्मानित हुनुभयो ।  
त्यस्तै  तिलकराम पन्थीलाई एक्सीलेन्सी ईन बिजनेश म्याजेमेन्ट, सुरेश बराललाई एक्सीलेनसी ईन बिजनेशन लिडर, नारायण सापकोटालाई एक्सीलेन्सी ईन क्वालिटी म्यानेजमेन्ट र रामप्रसाद चापागाँइलाई एक्सीलेन्सी ईन बिजनेश लिडरसीपद्धारा सम्मानित हुनु भएको हो ।
उत्कृष्ट गुणस्तरीय शिक्षा दिन सफल अक्सफोर्ड कलेज आज एक भव्य समारोह गर्दै कलेज फेरि प्राप्ता गरेको द विज अर्वाडको खुसीयाली साटेको छ ।
अतुलनीय व्यावसायिक सफलता, उत्कृष्टतम नेतृत्व गर्दै भन्दै उक्त अवार्ड बल्र्ड कन्फीडेरेसन खफ विजिनेश होस्टन युएसए ( द वल्र्ड टप फस्ट र्अगनाईजेसन रिवाडिगं कम्पनी अफ द वल्र्ड) ले प्रदान गरेको हो ।
द विज अवार्ड २०२० ट्रफी, गोल्डमेडल र पदक भरतपुर महानगरकी मेयर रेनु दाहाल र पोखरा विश्वविद्यालयका उप–कूलपति प्रा.डा. प्रेमनारायण अर्यालले कलेजका प्रिन्सिपल प्रोफेसर ई. हरि प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा कलेजको अत्याधुनिक सुविधा सम्पन्न बास्केटबलकोटको मेयर रेनु दाहालद्धारा उद्धघाटन गरिएको थियो । सोही अवसरमा अध्यक्ष भण्डारीद्धारा लिखित ३ पुस्तकहरु समेत विमोचन गरिएको थियो ।
यो अवार्ड सन् २००४ देखि व्यवसायिक सफलता प्राप्त गर्नेहरुलाई प्रदान गरिदै आएको छ । यसअघि गत वर्ष नर्भिक अस्पतालले पाएको थियो । अतुलनीय व्यावसायिक सफलता र उत्कृष्टतम नेतृत्व गर्ने संस्था तथा व्यक्तिलाई यो अवार्ड ‘वल्र्ड कन्फिडेरेसन अफ बिजनेश होस्टन युएसएद वल्र्ड टप फस्ट र्अगनाईजेसन रिवाडिगं कम्पनी अफ द वल्र्डले प्रदान गर्ने गर्दछ ।
पोखरा विश्वविद्यालयका उप–कुलपति प्रा.डा. प्रेमनारायण अर्यालले अक्सफोर्डले प्राप्त गरेको अवार्ड समग्र पोखरा विश्वविद्यालयले गरिमा भएको बताउनुभयो । त्यस्तै भरतपुर महानगरपालिका मेयर रेनु दाहालले यस्ता अन्तर्राष्ट्रिय अवार्डहरु अक्सफोर्डले प्राप्त गर्नु शैक्षिक क्षेत्रको लागि उदाहरणिय रहेको उल्लेख गर्नुभयो ।
अवार्ड ग्रहणपछि मन्तव्य दिदै कलेजका प्रिन्सिपल हरिप्रसाद भण्डारीले यो अवार्ड प्राप्त गरेसँगै थप चुनौती थपिएको धारणा राख्नुभयो । यो अवार्ड सम्पूर्ण अक्सफोर्ड परिवारको रहेको उहाँको भनाई थियो ।
सोही अवसरमा कलेजमा निर्माण गरिएको अत्याधुनिक सुविधा सम्पन्न बास्केटबल कोटको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णु कँडेल, विभिन्न वडाका अध्यक्ष, चितवन र नवलपरासी जिल्लाका शैक्षिक संस्थाका प्रिन्सिपल तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य दिदै +२ बिज्ञान संकायका प्रमूख कृष्णहरि पौडेलले द विच अवार्ड माथि प्रकाश पारेका थिए ।