चितवनको माडीमा शसस्त्र प्रहरीको नयाँ विओपि स्थापना

 

चितवन : शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट माडी नगरपालिका ६ कल्याणपुर, माडी नगरपालिका ५ स्थित कालिका आधारभुत बिद्यालयको खाली रहेको भवनमा स्थापना गरिएको छ ।
आउट पोष्ट माडी नगरपालिका ६ कल्याणपुर रहनु पर्ने भएपनि तत्काल त्यस क्षेत्रमा भौतिक संरचनाको व्यबस्थापन नभइसकेको हुदाँ अस्थाई रुपमा उक्त बिद्यालय भवनमा पोष्ट स्थापना गरिएको शसस्त्र प्रहरी बल छरछरेका प्रमुख बेल बहादुर विश्वकर्माले जानकारी दिए ।

नं ३ वाहिनीका वाहिनीपति शसस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीन श्रेष्ठको प्रमुख आतित्थमा भएको औपचारीक उद्घाटन गरिएको थियो । आज एक बीओपी स्थापनाभएसँगै चितवनमा बीओपीको संख्या ६ ओटा पुगेको छ । श्रेष्ठले भने, ‘ यसअघि माडीको वाल्मीकि आश्रम, गर्दी, छरछरे, कान्छी बगाई, बाँदरझुलालगायत क्षेत्रमा पोष्ट स्थापना भइसकेका छन् ।’

यहाँ नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना भएको छ। बिहीबार स्थापित बीओपीमा प्रहरी इन्सपेक्टर अनबहादुर गुरुङको कमाण्डमा ३५ जना शसस्त्र प्रहरी तैनाथ भएका छन् । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ । माडीमा भारतसँगको सिमाना जोडिएको अधिकांश निकुञ्ज क्षेत्र पर्छ ।

कार्यक्रममा माडी नगरपालिका ५ र ६ वडाध्यक्ष रामबन्धु पोख्रेल,भरत बहादुर गुरुङ, उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यलगायतको सहभागीता भएको शसस्त्र प्रहरी निरीक्षक आन बहादुर गुरुङले जानकारी दिए ।

माडी नगरपालिका कार्यपालिकाको बैठकले शसस्त्र प्रहरी बलको नयाँ विओपी क्याम्प माडी १ मा रहने बिओपीका लागि गर्दी चुरे मध्यवर्ती सामुदायिक वन क्षेत्रको जमीन, वडा नं ६ को विओपीको लागि स्याउलीबास गाउँनजिक खानेपानीको ट्यांकी रहेको स्थान तथा माडी नगरपालिका वडा नं ९ मा कान्छी बगहीँमा जमीन उपलब्ध गराउने निर्णय गरेको थियो ।