नेपाल प्रहरीको प्रवक्तामा एसएसपी वसन्तबहादुर कुँवर नियुक्त

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।

यसअघिका प्रवक्ता कुवेर कडायतको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी कुँवरलाई दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई मोबाइल नम्बर ९८५१२–९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने प्रहरी मुख्यालयले जनाएको छ ।