दिपक मनाङ्गेकी श्रीमती दिक्षेन लामा पक्राउ

हेटौडा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गेकी श्रीमती दिक्षेन लामा पक्राउ परेकी छन् ।

लामालाई जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी अनुसार मकवानपुरको हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो ।  bमंगलवार ममकवानपुर प्रहरीले पक्राउ गरी लामालाई कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले बताए ।

लामाले बुहुमुल्य धातुबाट बनेको मुर्ति चोरेको भन्दै जिल्ला अदालत कास्कीमा चोरी सम्बन्धी मुद्धा दर्ता भएको थियाे ।

साेहि मुद्दामा जिल्ला अदालत कास्कीले लामालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेपछि उनलाई हेटौडाबाट पक्राउ गरी कास्की पठाइएको हो ।

स्रोतका अनुसार सांसद मनाङ्गेले नै लामालाई मुर्ति राख्न दिएको बयान प्रहरीलाई दिएकी छन् । श्रीमतीकै बयानको आधारमा मनाङ्गे पनि तानिने संभावना देखिएको छ ।