चितवनमा ८४ प्रतिशत बढि कोरोना संक्रमित निको

चितवन, मंसिर १० । चितवनमा ८४ प्रतिशत बढी कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा कोरोना संक्रमितको कुल सख्या ५ हजार ६ सय २६ पुगेकोमा आजसम्म ४ हजार ७ सय ५४ जना निको भएका हुन् ।

जुन ८४ दशमलव ५० प्रतिशत रहेको छ । निको हुनेहरुमा अव करिव १४ प्रतिशत मात्रै आइसोलेसनमा रहेका छन् । हालसम्म जिल्लामा ८८ जना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिकामा सवै भन्दा धेरै ३ हजार ९ सय ५९ संक्रमित रहेकोमा ३ हजार २ सय ९८ जना निको भएका छन् । अझै ६०८ जना निको हुन वाँकी छन् । महानगरपालिकामा हालसम्म ५३ जनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिकामा ३७३ कुल संक्रमितमा ३३२ जना निको भए ३२ जना उपचारत र ९ जनाको मृत्यु भएको छ । माडी नगरपालिकामा १०५ जना कुल संक्रमित मध्य ९८ जना निको भए, ७ जना उपचाररत छन् ।

रत्ननगर नगरपालिकामा ६९३ कुल संक्रमितमा ५९० जना निको भए, ९२ जना उपचाररत छन् भने ११ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिकामा २९५ जना कुल संक्रमित रहेकोमा २७० जना निको भए, १७ जना उपचाररत छन् भने ८ जनाको मृत्यु भएको छ ।

कालिका नगरपालिकामा कुल संक्रमित १६७ रहेकोमा १३५ जना निको भए, २६ जना उपचाररत छन्, ६ जनाको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिकामा कुल ३४ संक्रमितमा ३१ जना निको भए, २ जना उपचाररत छन् भने १ जनाको मृत्यु भएको छ ।
जिल्लामा आज मात्रै थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।