एकै दिनमा २८ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २८ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।
सोही अवधीमा १ हजार ९४८ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार १४० संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ३६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

हालसम्म संक्रमित मध्ये २ लाख ७ हजार ९९८ निको भइसकेका मन्त्रालयले जनाएको छ ।