नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं :नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।उनीविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दिएको थियो । उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।