वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

स्याङ्जा । बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

कार्तिक २६ गते  धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ घर भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्वर १ नँयागाउ बस्ने बर्ष ३८ को रमेश भन्ने मैते बि.क.लाई पक्रा गरिएको प्रहरीले जनाएको छ ।

उनले पोखराकी १४ वर्षीय बालिकालाई जवजस्ती करणी गरेको र कानून बमोजिम कारवाही गरी पाउँ भन्ने जाहेरी परेपछि पक्राउ गरिएको हो ।

उनीविरुद्ध करणी सम्बन्धी कसूर “ जवरजस्ती करणी” मुद्धामा मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमित लिई अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।