फेसबुक मार्फत प्रहरीलाई गालीगलौज गर्ने १ युवा पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कर्याालय स्याङ्जाले फेसबुक मार्फत प्रहरीलाइ गाली गलौच गर्ने एक जनालाई पक्राउ गरेको छ ।

कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नम्वर १ बस्ने बर्ष २० का निसान थापाक्षेत्री छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ४ के.जी. ५०० ग्राम गाँजा सहित एक व्यक्ति पक्राउ गरेको विषयमा फेसबुक मार्फत प्रहरीलाई अश्लिल भाषा प्रयोग गरी गालीगलौज गरेको प्रहरीले जानकारी दिएको छ ।

कार्यालका अनुसार कानुन कार्यान्वयनमानै चुनौति दिने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको हो ।