५० बिघामा लगाइएको अबैध गांजा खेती नष्ट

चितनवन :  चितवनमा ५० बिघामा लगाएको अवैध गाजाँ खेती नष्ट गरिएको छ । चितवन प्रहरीले राप्ती नगरपालिका वडा न.११ को डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नं. १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं. १३ को कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला लगायतका स्थानहरुमा लगाएको अवैध गाजाँ नष्ट गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुएई दिन लगाएर गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ५० विघामा लगाएको अन्दाजी ३६ लाख गाजाँको बोटविरुवा नष्ट गरिएको छ । उक्त वडाका ती बस्तीहरुमा स्थानीयहरु संग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको प्रवक्ता थापाले बताउनुभयो ।