राप्ती हर्दीमा ग्याँस बुलेटको ठक्करबाट २ जनाको मृत्यु

चितवन :

राप्ती नगरपालिका वडा नं ७ हर्दीचोकस्थित पूर्वपश्चिम राजमार्गमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

ठक्करबाट राप्ती ५ का २२ वर्षका सचिन दनै र सोही वडाका ३० वर्षका नवराज दनैको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ साढे ६ बजे सो दुर्घटनाबाट घाइते भएका दुबै जनाको उपचारको लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं ३ ०३–००२ प ११८ नम्बरको मोटरसाइकललाई एनएलजिरोएकएल २४६० नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिएको हो । ठक्कर दिने ग्यास बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

दुर्घटना भएलगत्तै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।