श्रीमतीको हत्या अरोपमा श्रीमान् पक्राउ

 

विराटनगर । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । झापाको कमल गाउँपालिका ६ का ४७ वर्षीय चुडामणि भण्डारी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

आइतबार साँझ ५ बजे चुडामणिले ३९ वर्षीया श्रीमती टीकादेवी पौडेल भण्डारी र दमक नगरपलिका २ का २५ वर्षीय प्रकाशचन्द्र दाहाललाई आवेशमा आएर खुकरी प्रहार गरेका थिए । तत्पश्चात् सख्त घाइते भएका उनीहरुमध्ये टीकादेवीको भने ज्यान गइसकेको प्रहरीले जनाएको छ ।

यता दाहालको भने एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ । खेतमा धान उठाउन गएका उनीहरुमाथि खुकुरी प्रहार गर्ने चुडामणिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ ।