बलात्कारमा मिलापत्र गराउनेलाई पनि कारबाही गर्न सरकारले ल्यायो कानुन

काठमाडाैं : बलात्कारका घटनामा मिलापत्र गराउनेहरूलाई समेत कारबाही गर्ने गरी सरकारले अध्यादेश ल्याएको छ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राष्ट्रपति समक्ष सो अध्यादेश सिफारिस गरेको एक मन्त्रीले  बताए।

सरकारले यो अध्यादेश ल्याएसँगै बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरूलाई कारबाही गर्न कानुनी बाटो खुलेको छ।

यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई समेत जरिवाना हुने व्यवस्था छ।

स्रोतका अनुसार त्यस्ता व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवान हुनेछ।