लागुऔषध मुद्दामा भारती र हर्षलाई मेडिकल जाँचका लागि लगियो

मुम्बई : बलिउडमा लागुऔषध मुद्दाबारे अनुसन्धान गरिरहेको एनसीबीले हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मेडिकल जाँचका लागि लगेको छ । यसका साथै उनीहरुको कोरोना परीक्षण पनि गरिनेछ ।

एनसीबीले भारती दम्पतीको घर र कार्यालयमा छानबिन गरेर हिजो साँझ उनीहरुलाई पक्राउ गरेको थियो । एनसीबीले छापा मारेर ८६.५ ग्राम गाँजा बरामद गरेको थियो । उनीहरु दुवैले गाँजा सेवन गर्ने गरेको स्वीकारेका छन् ।
– नवभारत टाइम्स