२४ घण्टामा ७ संक्रमितको मृत्यु, मृतकको संख्या १,३०५ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।
सोही अवधीमा १ हजार ६७४ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ३२३ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।

हालसम्म संक्रमित मध्ये १ लाख ९३ हजार ३२५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।