राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको लागि दैनिक तेक्वान्दो खेलाडीलाई तालिम

चितवन : नजिकिदै गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको लागि दैनिक रूपमा तेक्वान्दो खेलाडीहरुलाई तालिम सञ्चालन गरिएको छ । चितवन जिल्ला तेक्वान्दो समितिले जिल्ला भरीको तेक्वान्दो खेलाडीहरुलाई छनौट गरी प्रशिक्षण दिन शुरु गरेको हो ।
भारतीय गोर्खा सेनामा कार्यरत तथा तेक्वान्दो अन्तर्राष्ट्रिय खेलाडी रमेश कार्की र भुतपूर्व नेपाली सेनाका पूर्व राष्ट्रिय खेलाडी पूर्ण गुरुङको उपस्थितिमा प्रशिक्षण शुरु गरेको हो ।

नजिकिदै गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुका लागि लक्षित गरी प्रशिक्षण शुरु गरिएको प्रशिक्षक रमेश कार्कीले बताए । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा तेक्वान्दोबाट ४ पदक भित्र्याउन सफल चितवनमा आगामी दिनमा खेलाडीहरुको अझ उच्च प्रदर्शनका लागि योजनाका साथ प्रशिक्षण तिब्र पारिएको चितवन जिल्ला तेक्वान्दो समितिका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।

बिगत दुई महिनादेखि चितवन जिल्ला तेक्वान्दो समितिले जिल्ला भरीका तेक्वान्दो खेलाडीहरुको छनौट गरेर जिल्लाको प्रशिक्षण हल पूर्वी चितवनको चितवन टाँडीमा प्रशिक्षण चलेको अध्यक्ष श्रेष्ठले बताए ।

जिल्लामा छनौट भएर बसेका ३५ जना खिलाडीहरुको पनि उच्च दर्जाको प्रशिक्षणको कारण मनोबल बढेको खेलाडीहरुले बताएका थिए ।
श्रेष्ठले आफ्नो कार्यकाल भित्र अझै धेरै अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माउने प्रतिबद्धता जनाएका छन् ।