चितवनमा छठको रौनक, कोराना कहरकै बीच नारायणी नदीमा भक्तजनको घुइचो (फोटो फिचर)

चितवन । चितवनमा पनि छठ पर्व मनाउन भक्तजनहरुको नारायणी नदी किनारमा भीड लागेको थियो । अस्ताउदो सुर्यलाई अर्घ दिन नारायणी नदी किनारमा जम्मा भएका उनीहरुले आफ्नो मनोकाक्षा पुरा होस भन्दै पुजा गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय चितवनले घरमै बसेर छठ पर्व मनाउन आग्रह गरेपनि घर नभएकाहरु नारायणी नदी किनारमै आउनुपरेको उनीहरुको भनाई थियो । कोरोना का कारण गत वर्ष भन्दा यस वर्ष कम रौनकता भएपनि परिवारका सदस्यहरु मिलेर समुह समुहमा वसी पुजा गरेका थिए ।