सुनको मुल्य निरन्तर अाेरालाे , आजको भाउ कति ?

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलाको ९४ हजारमा आइपुगेको छ । यो साता निरन्तर सुनचाँदीको भाउ घटेको छ । बिहीबारको तुलनामा आज शुक्रबार तोलामा चार सय रुपैयाँले सुनको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुनको भाउ तोलाको ९४ हजार कायम गरेको छ । हिजो बिहीबार पनि ७ सय रुपैयाँलै घटेर प्रतितोला ९४ हजार ४ सय कायम भएको थियो । बुधबार तोलाको ९५ हजार १ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा चार सय रुपैयाँले नै घटेर ९३ हजार ५ सय कायम भएको छ । हिजो बिहीबार ९३ हजार नौ सय रुपैयाँ रहेको तेजाबी सुनको भाउ बुधबार ९४ हजार ६ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।