मुम्बई हमलाका मास्टरमाइन्ड हाफिज सईदलाई १० बर्ष जेल सजाय

एजेन्सी : मुम्बई हमलाका मास्टरमाइन्ड हाफिज सईदलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले १० बर्षको जेल सजाय सुनाएको छ। भारतीय संचारमाध्यमका अनुसार अदालतले सईदलाई ‘टेरर फन्डिङ’ सम्बन्धी दुई मुद्दामा सजाय सुनाएको हो । सईदका साथ जफर इकबाल, याह्या मुजाहिद र अब्दुल रहमान मक्कीलाई पनि सजाय सुनाइएको छ।

हाफिज सईद जुलाई २०१९ मा पक्राउ परेका थिए र चारवटा मुद्दामा उनीविरुद्ध अभियोगहरू तय गरिएको छ। सीटीडीले जमात-उद-दावाका नेताहरू विरुद्ध ४१ वटा मुद्दा दर्ता गरिसकेको छ ।

जसमध्ये २४ वटा फैसला भएको छ भने बाँकी एटीसी अदालतमा विचाराधीन छ। रिपोर्टका अनुसार सईदलाई आतंक फाइनान्सिङ, मनी लन्ड्रिङ र अवैध भूमि हडपेको अभियोग लागेको छ ।

अगष्टमा एन्टी टेररिजम कोर्टले जमात-उद-दावाका तीन प्रमुख नेताहरू र कुख्यात आतंकवादी हाफिज सईदको नजिकका मानिसहरूलाई जेल सजाय सुनायो। लाहौरका प्रोफेसर मलिक जफर इकबाल र शेखपुराका अब्दुल सलामलाई १६- १६ वर्ष जेल सजाय सुनाइएको थियो। दुबैलाई विभिन्न केसमा १६ -१६ बर्षको जेल सजाय सुनाइएको छ।

हाफिज सईद आतंकी संगठन लश्कर-ए-तैयबाका संस्थापक हुन्। पाकिस्तानमा उनी जमात-उद-दावा नामको संस्था चलाउँछन्। सईद २००८ मा मुम्बई ब्लास्टका मास्टरमाइन्ड हुन्। लामो समयदेखि भारत हाफिज सईदको खोजीमा थिए। अमेरिकाले सईदको टाउकोमा एक मिलियन डलर (करिब ७० करोड ) इनाम घोषित गरेको थियो।

अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले २५ अगस्त २००९ मा हाफिज सईदबिरूद्ध रेडकर्नर नोटिश जारी गरेको थियो ।

तर, उनी पाकिस्तानमा स्वतन्त्र हिडिरहेको देखिएको थियो । २०१७ को प्रारम्भमा, पाकिस्तान सरकारले जमात-उद-दावा विरुद्ध कारवाही शुरू गर्‍यो। यस समयमा उनलाई घर नजरबन्दमा राखिएको थियो। सईद पछि नोभेम्बर २०१७ मा रिहा भएका थिए ।

जुलाई २०१८ मा, पाकिस्तानको एफएटीएफले हाफिज सईदलाई खैरो सूचीमा राखेको थियो। सईदलाई काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले १७ जुलाई २०१९ मा पक्राउ गरेको थियो।