सासंद होस् कृष्णभक्त जस्तो , जो निरन्तर जनताको सुखदुखमा साथ दिन्छन्

चितवन : नेपालमा चुनावको समयमा गाउँमा देखिने नेता र सांसद चुनावपछि सहर केन्द्रित हुन्छन् । नेताहरुले चुनाव जिते पछि गाउँ बिर्सिने गरेको गुनासो जनताको हुने गर्दछ । गाउँको वा आफ्नो निर्वाचन क्षेत्रको विकासका बारे चासो दिने नेता कमै भेटिन्छन् । यिनै कमै मध्येका एक हुन् चितवन क्षेत्र न २ का प्रतिनिधि सभा सांसद कृष्णभक्त पोखरेल ।


पोखरेल पछिल्ला दिनमा आफ्नै निर्वाचन क्षेत्रमा जनतासंग साक्षात्कारमा व्यस्त छन् । यति मात्रै होईन उनी संसदिय समिति अन्तर्गत कानुन न्याय तथा मानव अधिकार संसदीय समितिका सभापति पनि हुन् । उनले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने सबै स्थानिय तहमा भैरहेका विकास निर्माणका कामको अवलोकन गरिरहेका छन् । चेपाङ्ग समुदाय र विपन्न समुदायको बाहुल्य रहेको ठाँउ उनको निर्वाचन क्षेत्र हो ।

जहाँ प्राय उनी आफै चुनावी शैलीमा नै घरदैलो गर्न व्यस्त हुन्छ । दुई हात जोडेर नमस्कार बुबा आमा दाजुभाई, सञ्चै के छ खबर उनले अगाडी भन्छन् । जनताको आस्था र विश्वासमा गहिरो चोट लाग्छ कि भनेर उनी सधै चिन्तित रहन्छ ।

उनीहरुको समस्या गुनासो, पिर मर्कासगैँ कस्ता योजना विकास चाहिएको हो भनेर बुझ्ने गरेका छन् । योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने दायित्व पूरा गर्न आफु उनीसगैँ उत्प्रेरित पनि भइरहन्छन् । सँगसँगै आफ्ना दैनिक क्रियाकलापका आधारमा पनि नागरिकप्रति उत्तरदायी भएको देखेर चितवनवासी नै दंग छन् । जनप्रतिनिधि होस् यस्तो हामी जिताएका हौँ फेरि पनि जिताईन्छ, स्थानिय सोमलाल प्रजाले भने – हाम्रा कुरा सुन्न आउहुन्छ, सकेको सहयोग पनि छ, विकास पनि भएको छ ।


स्थानियले मात्रै स्थानिय जनप्रतिनिधि समेत उनको सक्रियता देखेर निकै खुसी छन् । सासंद भएपछि मुख नदेखाउनेलाई सासंद पोख्ररेलले सबैका उदाहरण बन्नु भएको छ, कालिका नगरपालिकामा मेयर खुमनारायण श्रेष्ठ गोपीले भने । आफै आएर कस्ता योजना र विकास चाहिएको छ भनेर बुझदा निकै सहज भएको छ ।

चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङ्गले सासंद पोख्ररेलको सक्रियता र जनताप्रति उत्तरदायित्व गरेकोमा प्रशंसा गर्छिन् ।

यसैवबच पोखरेलले शक्तिखोर फिस्लिङ्ग सडकको अवलोकन गरे । सो सडक ७८ करोडमा ठेक्कामा काम भइरहेको छ । त्यस्तै कालिका नगरपालिका कै बिधुत बिस्तार कार्यक्रमको समेत अवलोकन भएको थियो । सो कार्यक्रम १२ करोडको लागत ठेक्का सम्झौतामा अहिले निर्माण भैरहेको छ । देवीटारमा निर्माणाधीन सडक, सिद्धी जाने वाटोमा निर्माणाधिन पुल लगाएतको उनले अवलोकन गरे ।

अनुगमनका क्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले विकास निर्माणको पृष्ठभुमि, ठेक्का सम्झौता, निर्माण प्रक्रिया लगाएत कार्य विवरणको जानकारी गराएका थिए । अनुगमन गर्दै सांसद पोख्रेलले जनताको बिचमा रहेर जनताको भावना बुझ्नु नै एउटा सांसदको पहिलो जिम्मेवारी रहेको बताए । “म प्रतिनिधि सभाको कानुन ,न्याय तथा मानवअधिकार समितीमा सभापतिको रुपमा रहेर काम गरिरहेको भए पनि आफ्नो ठाउँमा आउदा बिशेष लाग्छ । आफ्ना जनताको सामु रहेर जनताको पिर,मर्का र सुझाव लिन पाउनु हाम्रो कर्तव्य हो ।” सांसद पोख्रेलले भने, “चितवनको कालिका नगर मात्रै हैन क्षेत्र न २ मा विकासको लहर चलेको छ।” कामको प्रगतिको बारेमा थप प्रभावकारी भूमिका नागरिक र जनप्रतिनिधि दुवै पक्षले गर्नु पर्ने उनको भनाइ छ ।