चितुवा गणना गर्न ६५ क्यामरा जडान

 

तनहुँ : भानु नगरपालिकाले चितुवाको गणना गर्न ६५ क्यामरा जडान गरेको छ । नगरपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडामा पर्ने २२ वटा सामुदायिक वनमा चितुवा र चितुवाको आहारा प्रजातिका वस्तुको पहिचानका लागि क्यामरा जडान गरिएको हो ।

पछिल्लो समयमा विभिन्न वडामा चितुवाको आतंक बढ्दै गएकाले तस्बिर कैद गर्न जंगलमा क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

घरमै आई चितुवाले बालबालिकालाई आक्रमण गरेकाले क्यामराले चितुवाको मात्र नभई जंगलमा भएका अन्य चितुवा प्रजातिको आहाराको समेत तथ्यांक संकलन गर्नेछ ।

डिभिजन वन कार्यालय कास्की र तनहुँको समन्वयमा भानु नगरपालिकाको विभिन्न जंगलमा चितुवाको गणना गर्नका लागि क्यामरा राखेको हो । क्यामरा जडानपश्चात जंगलमा भएका चितुवाको तथ्यांक संकलन गरिने सहायक वन अधिकृत मनोज रानाभाटले बताउनुभयो