मांसपेशीको दुखाइ पनि कोभिड १९ को एक सम्भावित लक्षण

विराटनगर : कोरोना भाइरसको संक्रमण सुरू भएदेखि, संक्रमितले विभिन्न लक्षण अनुभव गर्दै आएका छन् । ज्वरो, सुख्खा खोकी, घाँटी दुखाइ, बन्द नाक वा बग्ने नाक, छाती दुखाइ र सास फेर्न, गाह्रो हुने, थकान, ग्यास्ट्रो इन्टेस्टाइनल संक्रमण, गन्ध र स्वाद हराउने कोभिडमा देखिने लक्षण हुन् । मांसपेशीको दुखाइ वा मायाल्जियालाई पनि कोभिड १९को एक सम्भावित लक्षणको रूपमा मानिन्छ ।

एक अध्ययनका अनुसार कोभिडले मानव शरीरको मस्कुलोस्केलेटल प्रणालीलाई पनि असर गरेर ठूलो पीडा निम्त्याउन सक्छ । मायाल्जिया वा मांसपेशी दुखाइ एक अवस्था हो, जसकारण बिरामीले मांसपेशी, हड्डी र अंग जोड्ने नरम टिस्युमा दुखाइ तथा अत्यधिक पीडा महसुस गर्न सक्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा हालसालै गरिएको रिपोर्टअनुसार चीनका ५५ हजारभन्दा बढी संक्रमितमध्ये १४.८ प्रतिशत बिरामीलाई मायाल्जिया वा आर्थराल्जिया (जोर्नी दुखाइ) देखा परेको पाइएको थियो । अन्य सामान्य लक्षण हुने व्यक्ति धेरै भए पनि घाँटी दुख्ने, टाउको दुख्ने र रुघाको तुलनामा मांसपेशी दुखाइलाई कोभिडको सम्भावित लक्षणको रूपमा पहिचान गरिएको छ ।

अमेरिकी राष्ट्रिय स्वास्थ्य पुस्तकालयको चिकित्सा स्वास्थ्य राष्ट्रिय संस्थानमा प्रकाशित अध्ययनले मायल्जियालाई कोभिड र इन्फ्लूएन्जा जस्ता भाइरल संक्रमण भएका बिरामीमा सामान्य लक्षणको रूपमा चिनाइएको छ । मांसपेशी र कम्मर दुखाइबाहेक, पेट दुखाइ, भ्रम तथा आँखाको संक्रमण कम ज्ञात वा हल्का लक्षण हुन् जसलाई धेरैले बेवास्ता गर्ने गर्छन् ।