चितवनमा ३ करोडको लागतमा भरतपुर तरकारी तथा फलफूल मण्डी सञ्चालन आउदै

चितवन : चितवनमा भरतपुर तरकारी तथा फलफूल मण्डी सञ्चालनमा आउने भएको छ । भरतपुर तरकारी तथा फलफूल प्रालिले ५ गतेदेखि भरतपुर–१० थानी चोकमा मण्डी सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष शम्भु थापाले मण्डीमा ४४ वटा सुविधा सम्पन्न स्टलहरु रहने बताए । ३ करोड लगानी गरिएको छ ।

https://www.facebook.com/saurahaonline/videos/671943710134275

मण्डीमा डिमाटमेण्टल स्टोर्स समेत रहनेछ । चामल, दाल, गेढागुडी, चिनी लगायतका खाद्यान्न समेत खरिद बिक्रि हुनेछ । थापाका अनुसार सहुलियत मूल्यमा तरकारी तथा फलफूल खरिद हुने गरी मूल्य कायम गरिने छ । मण्डी आउने ग्राहकलाई हरेक दिन निःशुल्क हटलेमनको व्यवस्था हुनेछ । मण्डीको सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिएको निर्देशक कृष्ण अधिकारीले जानकारी दिए। विहान ३ बजेदेखि ५ बजेसम्म स्टलवालाले सामान खरिद गर्ने, विहान ५ बजेदेखि ६ बजेसम्म थोक बिक्रि गर्ने र विहान ६ बजेदेखि राती बजेसम्म खुद्रा बिक्रि गर्ने समय तोकिएको छ । प्रालिमा ३ जनाको लगानी रहेको छ । भरतपुर माविको जग्गा १० वर्ष भाडामा लिएर मण्डी चलाउन लागिएको अधिकारीले बताए ।
संस्थाले सहकारीको मोडेलमा कृषिमा युवालाई अभिप्रेरित गर्ने लक्ष्य लिएको छ । तरकारी खेतीका लागि ६ विघा, गाइभैसी पालनका लागि २ विघा, बंगुर पालनका लागि २ विघा जमिनको व्यवस्था भैसकेको जनाइएको छ । कृषि उपजलाई बजारीकरण गर्दा हुने विचौलिया प्रथा हटाउन मण्डीले सघाउने उहाँले बताए । मण्डीमा स्टल लिने सबैलाई सहकारीको सदस्यता वितरण गरीने योजना रहेको छ ।
स्टलबाट निस्कने तरकारीका पात, बिग्रेका तरकारी, फलफूल समेत खरिद गरेर उत्पादनमुलक काममा उपभोग गरिने जनाइएको छ । संस्थाले निकट भविष्यमा डेरी फर्म खोल्ने, बाख्रापालन गर्ने, मासु मण्डी स्थापना गर्ने, कृषि फर्म खोल्ने योजना बनाएको छ । यो मण्डीमा संकलित तरकारी तथा फलफूल अन्य जिल्लामा समेत पठाइने छ ।