महामारीकाे बेला फिल्म हेर्न पुगेका आमिर बने ट्रोल

मुम्बई : कोरोना महामारीका कारण अहिले दर्शकहरु हल जान मानेका छैनन् । यसैबीच बलिउड अभिनेता आमिर खान लामो समयपछि हल पुगे ।

उनी हालै रिलिज भएको चलचित्र ‘सुरज पे मंगल भारी’ हेर्न हल पुगेका हुन् । यसबारे जानकारी दिँदै उनले ट्‌विटरमा लेखे, “सिनेमा हलमा ‘सुरज पे मंगल भारी’ हेर्न जाँदै छु । लामो समयपछि ठूलो पर्दाको अनुभव लिन व्यग्र प्रतीक्षा छ ।”

जसका कारण उनी हलबाहिर पापराजी र ट्‌विटरमा ट्रोलर्सको सिकार भए । महामारीको कहाली नसकिँदै सिनेमा घर गएको भन्दै दर्शकले उनको ट्रोल गरेका हुन् ।

सिम्मी नामका प्रयोगकर्ता लेख्छन्, “तपाईंहरु नै हेर्नु एक-अर्काको चलचित्र । दर्शकलाई हेर्नु छैन कुनै रिमेकवुडको चलचित्र ।’

त्यस्तै, योगेन्दर नामका प्रयोगकर्ता लेख्छन्, “कोही पनि कुनै मल्टिप्लेक्स जानु हुँदैन । कोभिड-१९ गएको छैन । आफ्नो परिवारबारे सोचौं र सुरक्षित रहौं ।” यो चलचित्र १३ नोभेम्बरमा रिलिज भएको हो ।
-नवभारत टाइम्स