अभिनेत्री साम्राज्ञीको छोटो समयमा सफलता र विवाद यस्ता छन्

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मंगलबारबाट २५ बर्ष लागेकी छन्। २ मंसिर, ०५२मा जन्मिएकी उनी छोटो समयमा चर्चा र विवादमा परेकी अभिनेत्री हुन्।

अभिनेता भुवन केसी निर्मित ‘ड्रिम्स’बाट डेब्यु गरेकी उनी चाँडै चर्चा कमाउने अभिनेत्री हुन्।

त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनी ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ उनले अभिनय गरेकी छन्।

शाहको प्रेम, ट्याटु र डेटिङका तस्बिरहरू चर्चामा थिए। प्रेमी दिवांश राणासँगको बालीको तस्बिरले हंगामा मच्चाएको थियो भने पछिल्लो पटक अभिनेता केसीका विषयमा दिएको विचारले विवादमा परिन्।