नेवार समुदायको किजापूजा अर्थात भाइटीका आज

काठमाडौं । केही नेवार समुदायकाको किजापूजा अर्थात भाइटीका आज मनाइँदै छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका बहुसंख्यक नेपालीले मनाएपनि नेवार समुदायले आज मनाउन लागेको हो । आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउने तयारी गरेको बताइएको छ ।

पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । किजापूजाकाे अवसरमा बालगोपालेश्वरी पनि बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने जनाइएको छ ।

सरकारले किजापूजाका लागि सार्वजनिक बिदा पनि दिइएको छ ।